धनकुटा । पाख्रिवास नगरपालिकाले निर्माण सामग्री तथा इन्धनको मूल्यवृद्धिका कारण निर्माण कार्य प्रभावित भएको भन्दै दररेट समायोजन गर्न सरकारसँग आग्रह गरेको छ । नगरपालिकाले सम्माननीय प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमा पेट्रोलियम पदार्थसँगै निर्माण सामग्री र ढुवानी लागतमा भएको तीव्र वृद्धि कारण तोकिएको दररेटमा काम गर्न कठिन भएको उल्लेख गरिएको छ ।
यसका कारण निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरूले काम अघि बढाउन नसक्ने अवस्था सिर्जना भएको, योजनाहरू प्रभावित हुने र राज्यलाई थप आर्थिक भार पर्न सक्ने नगरपालिकाले जनाएको छ । नगर प्रमुख ज्ञानबहादुर गुरुङ ले सम्बन्धित निकायलाई यथाशीघ्र दररेट समायोजन गरी निर्माण कार्यलाई सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गरेका छन् ।




हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्