images
images
images

नागोयामा ‘नेपाल फेस्टिभल एवं एक्सपो–२०२६’ को तयारी तीव्र

images

जापान l नागोया मा आयोजना हुने ‘नेपाल फेस्टिभल एवं एक्सपो–२०२६’ को तयारी तीव्र पारिएको छ। गैरआवासीय नेपाली संघ (NRNA) जापान क्षेत्रीय समन्वय परिषद् नागोयाको आयोजनामा मे ३० र ३१ तथा जुन १ मा हिसाया ओदोरी पार्क मा चौथो संस्करणको फेस्टिभल सञ्चालन हुने भएको हो।

एनआरएनए नागोयाका संयोजक योमन देवानका अनुसार फेस्टिभलको तयारी तीव्र पारिएको छ। उनले नेपाल र नेपाली पहिचानलाई जापानी समुदायमा प्रवर्द्धन गर्न कार्यक्रम महत्त्वपूर्ण हुने भन्दै सबै नेपालीलाई सहभागी हुन आह्वान गरेका छन्।

images
images

फेस्टिभलको उद्देश्य नेपाली कला, संस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली तथा जापानी नागरिकलाई जानकारी गराउनु रहेको निवर्तमान संयोजक तथा मूल आयोजक समितिका संयोजक भेषनाथ गौतमले बताए। उनका अनुसार कार्यक्रममा ढिकी, जातो जस्ता परम्परागत सामग्रीदेखि विविध सांस्कृतिक प्रस्तुति अवलोकन गर्न पाइनेछ।

आयोजकका अनुसार फेस्टिभल ‘हाइटेक’ प्रविधिमैत्री हुनेछ। ठूलो स्क्रिनमार्फत कार्यक्रमका गतिविधि प्रत्यक्ष हेर्न पाइनेछ भने नेपालको संस्कृति र पर्यटनसम्बन्धी भिडियो पनि प्रदर्शन गरिनेछ। कार्यक्रममा आइची प्रिफेक्चरका गभर्नर, नागोया सिटीका मेयर, जापानका लागि नेपाली राजदूतलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने जनाइएको छ।

एनआरएनए अभियन्ता तथा आर्थिक संयोजक दिपक कार्कीका अनुसार फेस्टिभलबाट बचत हुने रकम नागोयामा निर्माण गरिने ‘नेपाली घर’ परियोजनामा लगानी गरिनेछ।

साँस्कृतिक संयोजक सोनाम दोर्जे शेर्पाका अनुसार कार्यक्रममा नेपाली लोकबाजा, पञ्चेबाजा, विभिन्न झाँकी तथा किराँत, तामाङ, मगरलगायत जनजातिका नृत्य प्रस्तुत गरिनेछन्। साथै जापानमा रहेका नेपाली कलाकारहरूको प्रस्तुति पनि रहनेछ।

नेपाली दूतावास टोकियोको सहयोग तथा जापानस्थित विभिन्न संस्थाहरू, स्थानीय सरकार आइची र नागोया सिटीको सहभागिताले कार्यक्रमलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। स्टल व्यवस्थापन समितिका संयोजक सिपी भुषालका अनुसार खानाका स्टलहरू बुकिङ भइसकेका छन् भने अन्य स्टलहरूको बुकिङ जारी छ।

फेस्टिभलमा प्रवेश निःशुल्क रहनेछ। ठूलो संख्यामा दर्शक तथा सहभागीको उपस्थिति रहने अपेक्षासहित यस कार्यक्रमले जापानमा नेपाली समुदायको पहिचान अझ मजबुत बनाउने विश्वास आयोजकले लिएको छ।

साभार : कविकिरण न्यौपानेको सहयोगमा  www.abhimatpatra.com  बाट

images
images

प्रतिक्रिया दिनुहोस्