सुरेन्द्र राई
अष्ट्रेलिया । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर ‘धमाका विथ डिनर’ कार्यक्रम आयोजना गरिने भएको छ । अष्ट्रेलियामा रहेको Aussie Druk Volleyball Club (ADVC) को आयोजनामा आगामी मे २, २०२६ शनिबार दिउँसो २ बजेदेखि ६ बजेसम्म टिन्डेल क्रिश्चियन स्कुलमा भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । त्यसपछि साँझ ६:३० बजेदेखि १० बजेसम्म गल्ली बाइट्स, सालिस्बरीमा डिनर कार्यक्रम आयोजना गरिनेछ ।
नेपाली समुदायबीच परम्परा, एकता, उत्साह र सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको कार्यक्रममा खेलकुदसँगै सांस्कृतिक जमघटको वातावरण सिर्जना गरिएको क्लबका अध्यक्ष तथा समाजसेवी कृष पौडेलले बताए । उनका अनुसार सो अवसरमा क्लवमा खेलाडी, सहयोगी दाता र स्थानीय मेयरलाई पनि सम्मान गरिनेछ । नेपाली नयाँ वर्षको अवसर पारेर हरेक वर्ष कार्यक्रम हुँदै आइरहेको छ । कार्यक्रममा गायक ईशान राईले सांगीतिक प्रस्तुति तथा मौसम घले गुरुङको कमेडी नृत्य प्रस्तुत गर्नेछन् ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्