धनकुटा । वैदेशिक रोजगारीका लागि धनकुटा जिल्लाबाट पछिल्लो १२ वर्षमा ५४ हजार ५६४ जनाले विदेश यात्रा गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०६९/०७० देखि २०८०/०८१ सम्म विदेश जाने संख्याको कुल तथ्यांक मध्ये ८८.६९ प्रतिशत अर्थात ४८ हजार ४३७ पुरुष जना रहेका छन् । भने महिलाको संख्या केवल ११.३१ प्रतिशत अर्थात ६ हजार २७ जना छन् ।
अघिल्ला वर्षहरूको तुलनामा आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै ७ हजार ७८४ जना विदेश गएका थिए । त्यसमध्ये ६९०१ जना पुरुष र ८८३ जना महिला रहेका थिए । अर्कोतर्फ, सबैभन्दा कम संख्या आर्थिक वर्ष २०७७/०७८ मा देखिएको छ, जहाँ ५४८ जनामात्र विदेश गएका थिए । उक्त वर्षमा विदेश जाने महिला संख्या ६५ मात्र र पुरुषको संख्या ४८३ जना रहेका थिए । पछिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा ६३५८ जनाले विदेश यात्रा गरेका छन्, जसमा पुरुषको संख्या ५,५०९ र महिलाको ८४९ रहेको छ ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्