धनकुटा । महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका र छथर जोरपाटी गाउँपालिका बीच स्थानीय तहको संख्या, सिमाना तथा वर्गीकरण पुनरावलोकनसम्बन्धी विषयमा संयुक्त बैठक सम्पन्न भएको छ।
महालक्ष्मी नगरपालिका नगर प्रमुख ध्रुवराज रायाको अध्यक्षतामा बसेको बैठकमा तीनै स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मापदण्ड २०८३ अनुसार स्थानीय तहको संख्या र सिमानाबारे पुनरावलोकन गर्ने विषयमा छलफल गरिएको थियो ।
छलफलका क्रममा तीनवटै पालिकाको विद्यमान भौगोलिक अवस्था, विकास निर्माण, ऐतिहासिक–सांस्कृतिक पृष्ठभूमि तथा सेवा प्रवाहका अवस्थालाई ध्यानमा राख्दै हालकै संरचना उपयुक्त रहेको निष्कर्ष निकालिएको छ। दूरी र सडक पहुँचका आधारमा नागरिकलाई सेवा प्रवाहमा थप समस्या पर्ने भएकाले पालिका तथा वडाको संरचना परिवर्तन नगर्न सुझाव दिइएको हो।
बैठकले तीनवटै पालिकाको हालको अवस्था यथावत राख्न जिल्ला समन्वय समितिमार्फत सम्बन्धित निकायमा सुझाव पठाउने निर्णय गरेको छ । वैठकमा पाख्रिवास नगरपपालिका प्रमुख ज्ञानवहादुर गुरुङ, छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बा, तीनवटै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।




हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्