images
images
images

धनकुटा प्रहरीद्वारा फलामको पाइप प्रहार गर्ने दुई जना पक्राउ, ज्यान मार्ने उद्योगमा अनुसन्धान

images

धनकुटा l जिल्ला प्रहरी कार्यालय धनकुटाले फलामको पाइप प्रहार गरी गम्भीर घाइते बनाउने दुई जनालाई पक्राउ गरेको छ । गतवैशाख २१ गते साँझ करिब ५ बजे साँगुरीगढी गाउँपालिका–७ डडेनीस्थित तमोर करिडोर सडक खण्डमा सामान्य विवादका क्रममा सोही स्थानका ६१ वर्षीय गुर्जा सिंह राईमाथि आक्रमण गर्ने साँगुरीगढी गाउँपालिका–८ का अन्दाजी १९ वर्षीय समिर मुडेल र २१ वर्षीय दलबहादुर मुडेल प्रहरीले पक्राउ गरेको हो ।

फलामको पाइपले टाउकोमा प्रहार गर्दा राई गम्भीर घाइते भएका थिए । घटनापछि फरार रहेका दुवै जनालाई प्रहरीले खोजतलास गरी नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखी अनुसन्धान अघि बढाइएको छ । जिल्ला अदालत धनकुटा बाट ज्यान मार्ने उद्योग मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते गुर्जा सिंह राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत छन् ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्