धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले हिलेबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । वैशाख २१ गते दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय हिले बाट खटिएको टोलीले धनकुटा नगरपालिका–१ का ३५ वर्षीय वसन्त मोक्तान र ४० वर्षीय सुवासकुमार राईलाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकसहित ९०० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखी अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत धनकुटा बाट लागूऔषध मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्