images
images
images

धनबहादुर आठपहरियाद्वारा लिखित सुजुना लोकार्पण

images

काठमाडौं । धनबहादुर आठपहरियाद्वारा लिखित विधा उपन्यास सुजुना को एक कार्यक्रमका वीच लोकार्पण गरिएको छ । सो पुस्तकको बरिष्ठ साहित्यकार तथा कवि तुलसी दिवस र राष्ट्रगानका रचयिता प्रदिपकुमार राई (ब्याकुल माईला) द्वारा लोकार्पण गरिएको हो ।

राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लोकार्पण गर्दै बरिष्ठ साहित्यकार दिवसले धनकुटामा मात्रै बसोवास रहेको आठपहरिया जातिका विषयलाई समेटेर आठपहरिया जातिको धर्म। संस्कार, परम्परा, मूल्य र मान्यताका वारेमा उपन्यासले जानकारी दिने बताए । उनले उपन्यास यथार्थ घटनामा आधारित भएपनि यस उपन्यासले आठपहरिया जातिका वारेमा अध्ययन गर्न चाहनेका लागि सहायक हुने बताए । उनले हरेक जातजातिहरुले आ–आफ्नो जातिको संस्कार, परम्परा रितिरिवाजका वारेमा उजागर गर्दै पुस्तक पैकाशन गर्न आवश्यक रहेको बताए ।

images
images

सो अवसरमा प्रदिपकुमार राईले यस यथार्थपरक विधा उपन्यासले परिवारमा कोहि सानै उमेरमा निधन हुदाँ कस्तो पीडा हुन्छ भन्ने देखाएको बताए । यस उपन्यासका वारेमा लेखक धनबहादुर आठपहरियाले खाउ खाउ लाउ लाउ उमेरमा परिवारको सदस्य गुमाउनु पर्दा पर्ने पीडालाई स्मृतिमा राखेर उपन्यासको स्वरुप दिएको बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्