धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आयोजनामा आजदेखि पाँच दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहकार्यमा सञ्चालन भएको तालिमको उद्घाटन धनकुटा नगरपालिका नगरप्रमुख चिन्तन तामाङले एक समारोहका बीच गरेका थिए ।
तालिममा ३५ जना भन्दा बढी जेनजी युवाहरूको सहभागिता रहेको छ । पाँच दिनसम्म सञ्चालन हुने तालिममा सहभागीहरूलाई छापा, रेडियो, अनलाइन तथा टेलिभिजन पत्रकारितासम्बन्धी समाचार लेखन, प्रस्तुति तथा आधारभूत पत्रकारिता सीप प्रदान गरिनेछ ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवासको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा संस्थापक अध्यक्ष संजयसन्तोषी राई, पूर्वअध्यक्ष विजयसन्तोषी राई लगायतले सहभागीहरूलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सहसचिव ईश्वर थापाले राखेका थिए भने सञ्चालन सचिव हरिबहादुर लम्जेलले गरेका थिए ।



हुलाकी पाटी 

















प्रतिक्रिया दिनुहोस्