खगेन्द्र बस्नेत
धनकुटा । धनकुटा नगरपालिका–६, बाघेखोलास्थित धर्मगंगा तथा कैलाशनाथ धाममा श्री पुरुषोत्तम मास महात्म्य तथा श्रीमद्मत्स्य महापुराण महिलाहरूको अग्रसरतामा आयोजना गरिने भएको छ ।
धार्मिक तथा सामुदायिक विकासलाई लक्ष्य गरी आगामी २०८३ जेठ ६ गतेदेखि १४ गतेसम्म महापुराण सञ्चालन हुन लागेको आयोजकले जनाएको छ । आगामी जेठ ६ गते देखि १४ गते सम्म हुने पुराणमा पुराणवाचकका रूपमा युवा पं.श्री नरायन शरण काफ्ले शास्त्री,उपबचक पं.श्री कौशल दाहाल रहेका छन् भने हरेक दिन राष्ट्रिय कलाकारहरु को भजन कीर्तन रहने छ।धर्मगंगा तथा कैलाशनाथ धाम मन्दिर समितिको समन्वय र राधारानी मिलिजुली महिला समूहको आयोजनामा हुन लागेको पुराण को मुख्य उद्देश्य धर्मगंगा तथा कैलाशनाथ धाममा सामुदायिक भवन निर्माण गर्ने रहेको छ।
उक्त पुराणमा हुने आर्थिक खर्च सम्पूर्ण आयोजक समूहकै सदस्यहरू तथा सहयोग गर्न इच्छुकहरु बाट उठाउने पनि आयोजकले जनाएको छ भने सहयोग गर्न चाहनेहरुलाई पनि सहयोग गर्न अपिल गरेको छ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्