धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आयोजनामा “मोबाइल पत्रकारिता (मोजो) तथा मल्टिमिडिया आधारित पत्रकारिता तालिम” सुरु भएको छ । जेठ ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन कार्यक्रम महासंघको सभाहलमा सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष बिदुर खवासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । मन्त्री पराजुलीले तालिमको सफलताको शुभकामना व्यक्त गर्दै पछिल्लो समय डिजिटल तथा मोबाइल पत्रकारिताको महत्व तीव्र रूपमा बढ्दै गएको उल्लेख गरे । साथै पत्रकारहरूलाई समयअनुसार प्रविधिमैत्री र दक्ष बन्न आग्रह गरे ।
कार्यक्रममा शाखाका कोषाध्यक्ष नारायणकुमार आठपहरियाले स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन सचिव हरिबहादुर लम्जेलले गरेका थिए । नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्य समिति विराटनगरको सहकार्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन भएको उक्त तालिममा जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध ३० जना भन्दा बढी संचारकर्मीहरुको सहभागिता रहेको छ ।



हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्