images
images
images

कर्म छ्योर्लिङ तमु गुम्बामा तेस्रो ढलान कार्य सम्पन्न

images

खगेन्द्र बस्नेत
धनकुटा । छथर जोरपाटी गाउँपालिका–२ मा निर्माणाधीन कर्म छ्योर्लिङ तमु गुम्बामा श्रमदानमार्फत तेस्रो ढलान कार्य सम्पन्न गरिएको छ । सिधुवा, नम्जाङ, जोरपाटी र सल्ले क्षेत्रका गुरुङ समुदायको सामूहिक पहलमा निर्माण भइरहेको गुम्बाको ढलान कार्यमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा नं. ६ का वडाध्यक्षलगायत जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

गुम्बा निर्माण कार्य २०८० सालदेखि सुरु गरिएको हो । हालसम्म करिब ७० लाख रुपैयाँ खर्च भइसकेको र पूर्ण निर्माण सम्पन्न गर्न झण्डै २ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष इन्द्र गुरुङले जानकारी दिए । हाल गुम्बाको तीनतले भवन निर्माण सम्पन्न भइसकेको छ । अब झ्याल–ढोका जडान गर्ने तथा मूर्ति स्थापना गर्ने कार्य बाँकी रहेको जनाइएको छ । स्थानीय सरकारबाट आवश्यक सहयोग भइरहेको र थप आर्थिक स्रोत जुट्न सके निर्माण कार्य छिट्टै सम्पन्न हुने श्रमदाताहरूले बताएका छन् ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्