images
images
images

सरोज भूजेलको संयोजकत्वमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको जिल्ला समिति गठन

images

धनकुटा । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE Nepal) को धनकुटा जिल्ला समिति गठन गरिएको छ । गैरसरकारी संस्थाहरूबाट जिल्ला समिति गठन गर्ने निर्णयअनुसार हुसाडेक नेपालका निर्वतमान अध्यक्ष सरोजकुमार भूजेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा रेणुका कार्की, सचिवमा गणेश न्यौपाने, कोषाध्यक्षमा संगीता चापागाईं तथा सदस्यहरूमा सूर्यकला खनाल, यमबहादुर बस्नेत र खीन्द्रबहादुर अधिकारी चयन भएका छन् ।

समिति गठनअघि एनसिई नेपालको स्थापना, लक्ष्य, उद्देश्य तथा हालसम्म सञ्चालन भइरहेका गतिविधिबारे संस्थाका कार्यकारी निर्देशक राम गैरेले सहभागीहरूलाई प्रस्तुतीकरणमार्फत जानकारी गराएका थिए । प्रस्तुतीकरणपछि भएको खुला छलफलमा जिल्लामा यस नेटवर्कको समिति आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।

images
images

कार्यक्रमको सञ्चालन हुसाडेक नेपालका निर्वतमान अध्यक्ष तथा गैरसरकारी संस्था महासंघ धनकुटा शाखाका सचिव सरोजकुमार भूजेलले गरेका थिए । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको केन्द्रबाट आएका प्रतिनिधिहरूलाई गैसस महासंघ धनकुटाका उपाध्यक्ष संगीता चापागाईंले खादा लगाएर स्वागत गरेकी थिइन् ।

 

images
images

प्रतिक्रिया दिनुहोस्