धनकुटा । सहिदभूमि गाउँपालिका वडा नं १ स्थित आदर्श माध्यमिक विद्यालय, सफाईधापमा रहेको छिन्ताङ नमूना बाल क्लबको ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। विद्यालयद्वारा आयोजित एक कार्यक्रमबीच सम्पन्न बैठकले रेमन राईको अध्यक्षतामा सर्वसम्मत रूपमा कार्यसमिति पुनर्गठन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा भूमिका माझी, सचिवमा युमन राई, सहसचिवमा प्रिया राई तथा कोषाध्यक्षमा रवन राई चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा निराज राई, नयन राई, आकृष राई, युनिशा राई, अनुष्का खड्का र लक्ष्मी राई रहेका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले बालबालिकाको हकहित संरक्षण, नेतृत्व विकास तथा विभिन्न सामाजिक तथा सिर्जनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै क्लबलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। विद्यालयले बालबालिकाको क्षमता अभिवृद्धि र सहभागिता सुनिश्चित गर्न यस्ता गतिविधिले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्