धनकुटा । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा धनकुटाकी करुणा कटुवाल नियुक्त भएकी छन् ।नेपाली कांग्रेसको वैशाख २१ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको अध्यक्षमा कटुवाललाई नियुक्त गरेका हुन् ।
लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय कटुवालको नियुक्तिसँगै नेविसंघले नयाँ नेतृत्व पाएको छ । उनी नेपाली कांग्रेस धनकुटाकी महाधिवेशन प्रतिनिधि समेत हुन् ।



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्