images
images
images

सहिदभूमि गाउँपालिकाको सेवा प्रवाहबारे सार्वजनिक सुनुवाइ

images

धनकुटा । सहिदभूमि गाउँपालिकाले प्रदान गर्दै आएको सेवा प्रवाहका विषयमा वडा नं. १ मा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको छ । सहिदभूमि गाउँपालिकाको आयोजना तथा खाल्सा मिडिया रिसर्च सेन्टरको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दा तथा सेवाग्राहीहरूले गाउँपालिकाको सेवा प्रवाह, पूर्वाधार विकास तथा विभिन्न शाखाको कार्यसम्पादनसँग सम्बन्धित विषयमा जिज्ञासा र गुनासाहरू राखेका थिए । कार्यक्रममा सहभागीहरूले वडा कार्यालय भवन हालसम्म निर्माण हुन नसक्नुको कारण, सडक सञ्जाल वर्षभरि सञ्चालन हुन नसकेको समस्या तथा गाउँपालिकाका विभिन्न विषयगत शाखाबाट प्रदान गरिने सेवाका विषयमा प्रश्न उठाएका थिए  ।

स्थानीयले उठाएका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष मनोज राई, प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारी, वडा नं. १ का वडाध्यक्ष रमेशकुमार राई तथा अन्य सरोकारवालाहरूले दिनुभएको थियो । सहभागीहरूले उठाएका विषयमा जवाफ दिँदै गाउँपालिका अध्यक्ष राईले स्थानीयका समस्या समाधान तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

images
images

सो अवसरमा खाल्सा मिडिया रिसर्च सेन्टर धनकुटाका कार्यक्रम संयोजक हरिबहादुर लम्जेलले वडा नं. १ का ५२ जना सेवाग्राहीबाट संकलित अभिमतका आधारमा तयार गरिएको नागरिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रममा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने विषयमा समेत छलफल गरिएको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्