धनकुटा । धनकुटा नगरपालिका–९ खुलाल टोलबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । २३ वर्षीय विजय राईलाई भरुवा बन्दुकमा छर्रा लोड गरी बोकी हिँडिरहेको अवस्थामा अस्थायी प्रहरी पोस्ट बेलहाराबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो प्रहरीले राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका राईविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा सम्मानित जिल्ला अदालत धनकुटाबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्