images
images
images

स्वर्गीय टक्करबहादुर–कान्छीरानी छात्रवृत्ति अक्षयकोष दाता परिवारद्वारा विद्यार्थीलाई झोला वितरण

images

धनकुटा । स्वर्गीय टक्करबहादुर–कान्छीरानी छात्रवृत्ति अक्षयकोष दाता परिवारले साँगुरीगढी गाउँपालिका–२ बुढीमोरङस्थित रामनवमी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरेको छ । विद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा दाता कृष्णबहादुर इवाहाङ र बिमला तिल्लिङ इवाहाङले कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई झोला वितरण गरेका हुन् ।

साँगुरीगढी गाउँपालिका–१ तम्फुवाका माधव इवाहाङ, कृष्ण इवाहाङ, अमृत इवाहाङ, ज्ञानबहादुर इवाहाङ, दिलबहादुर इवाहाङ, श्रीप्रसाद इवाहाङ र नेत्रप्रसाद इवाहाङले आफ्ना स्वर्गीय बुबाआमाको स्मृतिमा विद्यालयमा ५ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । उक्त कोषबाट दाता परिवारले वार्षिक रूपमा १ लाख रुपैयाँ विद्यालयलाई उपलब्ध गराउँदै आएको छ । विद्यालयका अनुसार कोषबाट प्राप्त रकममध्ये ५० हजार रुपैयाँ कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्तिका रूपमा वितरण गरिन्छ भने बाँकी ५० हजार रुपैयाँ अन्तरविद्यालयस्तरीय भलिबल प्रतियोगिता सञ्चालन तथा पुरस्कार वितरणमा खर्च हुँदै आएको छ । यस वर्ष विद्यालयको ७०औँ वार्षिकोत्सवको अवसर पारेर सोही रकमबाट प्राथमिक तहका विद्यार्थीहरूलाई विद्यालय प्रयोजनका लागि झोला वितरण गरिएको विद्यालयले जनाएको छ ।

images
images

यसअघि पनि उक्त अक्षयकोषमार्फत वि.सं. २०७३ सालमा विद्यालयलाई ७५ थान कुर्सी प्रदान गरिएको थियो । झोला वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष हस्तमाया घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । भने कार्यक्रमको सञ्चालन शिक्षिका गीता चेम्जोङले गरेकी थिइन् । कार्यक्रममा तत्कालीन बुढीमोरङ गाविसका अध्यक्ष जितप्रसाद तुम्बापो, विभिन्न समितिका पदाधिकारी, जनप्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पूर्व प्रधानाध्यापक, अभिभावकलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा विद्यालय परिवारले शिक्षा क्षेत्रमा निरन्तर सहयोग पुर्याउँदै आएको दाता परिवारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै सहयोग र सद्भाव कायम रहने विश्वास व्यक्त गरेको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्