विपिन दाहाल
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटाको प्रथम जिल्ला अधिवेशनले भुवन थापाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । धनकुटा नगरपालिका–५ स्थित कर्नर जोन होटलको सभाहलमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा नारद कटुवाल, सचिवमा आशिष तामाङ तथा सहसचिवमा सिराज जोशी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा फडिन्द्र थापा, प्रेमबहादुर कार्की, विमला गहतराज, मनोज खड्का र पुनम गिरी राणा रहेका छन् । अधिवेशनले पार्टी संगठनलाई जिल्लाभर थप सुदृढ र प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरेको जनाएको छ । नवनिर्वाचित सभापति थापाले पार्टीको संगठन विस्तार, जनसरोकारका मुद्दाको उठान तथा सुशासन र विकासका पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।



हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्