images
images
images

प्रेस स्वतन्त्रताको पक्षमा सङ्कलित हस्ताक्षर सरकारलाई बुझाइयो

images

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले सरकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी नीतिप्रति विरोध जनाउँदै सञ्चालन गरेको हस्ताक्षर संकलन अभियानअन्तर्गत सङ्कलित हस्ताक्षर सरकारलाई बुझाएको छ । महासंघको टोलीले बुधबार धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीमार्फत हस्ताक्षरसहितको ज्ञापनपत्र सरकारसमक्ष पठाएको हो ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवासको नेतृत्वमा संस्थापक अध्यक्ष संजयसन्तोषी राई, सल्लाहकार सन्तोष रुचाल र विनोद घिमिरे, सचिव हरिबहादुर लम्जेल, कोषाध्यक्ष नारायणकुमार राई तथा सञ्चारकर्मी कोकिला भण्डारी र विपिन दाहाललगायतको टोलीले संकलित हस्ताक्षर सरकारसमक्ष पुर्‍याइदिन आग्रह गरेको थियो । संकलित हस्ताक्षर बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी रेग्मीले उक्त ज्ञापनपत्र सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

images
images

नेपाल पत्रकार महासंघले सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेज गर्न, प्रेसको संवैधानिक अधिकारको रक्षा गर्न, संसद्बाट सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल गर्न तथा नागरिकको निर्वाध सूचना उपभोगको अधिकार सुनिश्चित गर्न माग गर्दै देशभर दबाबमूलक आन्दोलन सञ्चालन गरिरहेको छ ।

महासंघ गत २०८२ चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको परिपत्रविरुद्ध आन्दोलनरत छ । उक्त परिपत्रले सबै तहका सरकारी विज्ञापन तथा सूचनाबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्ने प्रयास गरेको भन्दै महासंघले त्यसको खारेजीको मागसहित चरणबद्ध आन्दोलन जारी राखेको जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्