images
images
images

असोजमै कांग्रेसको महाधिवेशन हुन्छ : सहमहामन्त्री डा. डिला संग्रौला

images

धनकुटा । नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रममा बोल्दै सहमहामन्त्री डा. संग्रौलाले पार्टीको १५औँ महाधिवेशन निर्धारित समय अर्थात् असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील सदस्यता वितरण र अध्यावधिक कार्य तीव्र रूपमा अघि बढिरहेको जानकारी दिइन् । उनले पार्टीभित्र पूर्ण एकताका साथ महाधिवेशन सम्पन्न हुने विश्वाससमेत व्यक्त गरिन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेश सुब्बाले विशेष महाधिवेशनपछि नेपाली कांग्रेस नयाँ ऊर्जा र उत्साहका साथ अघि बढिरहेको बताइन् । महासमिति सदस्य तथा संविधानसभा सदस्य लिला सुब्बाले महिला र युवालाई विशेष प्राथमिकतामा राखेर क्रियाशील सदस्यता वितरण तथा अध्यावधिकको काम भइरहेको जानकारी दिइन् ।

images
images

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजयसन्तोषी राईले जिल्लामा नयाँ क्रियाशील सदस्यता वितरण तथा पुराना सदस्यताको अध्यावधिकको अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला कार्यसमितिका सहसचिव रोशन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रममा महासमिति सदस्य सुमना तिम्सिना, जिल्ला कार्यसमितिका सहसचिव गिरिजाप्रसाद दाहाल, कोषाध्यक्ष सरस्वती मगर, जिल्ला कार्यसमितिका सदस्यहरू, निर्वाचित जनप्रतिनिधि, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल महिला सङ्घ तथा विभिन्न वडाका सभापति र पार्टीका नेता–कार्यकर्ताले क्रियाशील सदस्यता वितरण तथा अध्यावधिक सम्बन्धी सुझाव प्रस्तुत गरेका थिए।

सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष संजयसन्तोषी राईलगायत सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको थियो । नेपाली कांग्रेसले हाल १८ देखि ३५ वर्ष उमेर समूहका युवा तथा महिलालाई विशेष प्राथमिकतामा राखेर वडा–वडामा नयाँ क्रियाशील सदस्यता वितरण र पुराना सदस्यताको अध्यावधिक अभियान सञ्चालन गरिरहेको जनाएको छ । जिल्ला सचिव विजयसन्तोषी राईको संयोजकत्वमा सम्पन्न कार्यक्रमले सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउँदै आगामी महाधिवेशनको तयारीलाई थप व्यवस्थित बनाउने विश्वास व्यक्त गरेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्