images
images
images

साँगुरीगढी–१ मा सामाजिक सुरक्षा भत्ता वितरणसँगै निःशुल्क स्वास्थ्य परीक्षण

images

खगेन्द्र बस्नेत
धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं १ मा सामाजिक सुरक्षा भत्ता वितरणसँगै निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ । वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता लिन आएका ज्येष्ठ नागरिक, एकल महिला तथा अन्य लाभग्राहीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै भत्ता वितरणसँगै स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराएको हो ।

वडा नं. १ का वडाध्यक्ष गोविन्द लिम्बुका अनुसार लामो समयदेखि सामाजिक सुरक्षा भत्ता वडा कार्यालयमार्फत वितरण हुँदै आएको छ। यस वर्ष सेवाग्राहीलाई थप सहज र स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले भत्ता वितरणसँगै निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम पनि सञ्चालन गरिएको हो । उनले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न वडा कार्यालयमा आउने सेवाग्राहीलाई एकै स्थानबाट स्वास्थ्य सेवा उपलब्ध गराउँदा उनीहरूको समय र खर्च दुवै बचत भएको बताए । आगामी दिनमा पनि यस्ता सेवामुखी कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ । कार्यक्रममा स्वास्थ्यकर्मीले रक्तचाप, मधुमेहलगायत आधारभूत स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्शसमेत प्रदान गरेका थिए। स्थानीयले सामाजिक सुरक्षा भत्तासँगै स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएकोप्रति खुसी व्यक्त गरेका छन्।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्