images
images
images

बीपी स्मृति दिवसमा धनकुटामा सरसफाइ तथा वृक्षारोपण

images

धनकुटा । ४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस धनकुटाले शुक्रबार ‘जरा अभियान’को समापन गर्दै सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सहिद भीमनारायण स्मृति भवनस्थित पार्टी कार्यालय परिसरमा आयोजित कार्यक्रममा परिसर सरसफाइ गर्नुका साथै विभिन्न जातका फूल तथा फलफूलका बिरुवा रोपिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसंविधानसभा सदस्य नगेन्द्रकुमार कुमालले ‘जरा अभियान’ले नेपाली कांग्रेसलाई जनस्तरसम्म जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्दै पार्टीलाई थप सक्रिय र सशक्त बनाउन अभियान प्रभावकारी भएको उल्लेख गर्दै बीपी कोइरालाले प्रतिपादन गरेको विचार र नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा राखे ।

images
images

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शारदा कोइरालाले बीपी कोइरालाको लोकतान्त्रिक समाजवाद र राष्ट्रिय एकताको मार्गलाई आत्मसात् गर्दै अघि बढे मुलुकले सही दिशा पाउने बताइन् । नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य आनन्द सन्तोषी राईले बीपी कोइरालाको जीवन, योगदान र राजनीतिक दर्शनबारे प्रकाश पारे । कार्यक्रमको सञ्चालन जिल्ला सचिव विजय सन्तोषी राईले गरेका थिए । स्वागत मन्तव्य सहसचिव राम रायमाझीले व्यक्त गरे  ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नगेन्द्रकुमार कुमाल र शारदा कोइराला, जिल्ला सभापति दिनेश राई, महासमिति सदस्यहरू लिला सुब्बा, आनन्द सन्तोषी राई र सुमना तिम्सिना, जिल्ला सचिवहरू विजय सन्तोषी राई र जयन्द्र घिसिङ, सहसचिवहरू रोशन श्रेष्ठ र राम रायमाझी, महाधिवेशन प्रतिनिधि खेम पौडेल, जिल्ला सदस्यहरू रविन्द्र नेपाली, रोशेश श्रेष्ठ, अम्बिका धमला, मीन कार्की, बुद्धिकान्त घिमिरे र पुरेन्द्रलाल श्रेष्ठ, धनकुटा नगर कार्यसमितिका उपसभापति अमित लो तामाङ, सचिव राम घिसिङ, वडा नं. १ का सभापति वीरबहादुर तितुङ, वडा नं. ४ का सभापति हरि तिम्सिना, वडा नं. ६ का सभापति रुपेश श्रेष्ठ, वडा नं. ७ का सभापति शैलेशमान श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वरराज श्रेष्ठ, नेपाल किसान महासंघ धनकुटाका अध्यक्ष दिलकुमार राई, नेपाल तरुण दल धनकुटाका अध्यक्ष युवराज पराजुली, नेपाल किसान महासंघका निवर्तमान केन्द्रीय सदस्य टिका भण्डारी, नेपाल दलित सङ्घ धनकुटाका अध्यक्ष नारायण विक, नेपाल महिला सङ्घ धनकुटाकी सचिव संगीता चापागाईं, कार्यपालिका सदस्य मञ्जु कार्की, वडा सदस्यहरू गोविन्द राई, भैरवलाल पाँचकोटी र रोजन राई, नेपाल विद्यार्थी सङ्घ धनकुटाका सचिव युवराज घिमिरे, क्याम्पस सिकाइ समितिका कार्यवाहक अध्यक्ष रञ्जन कार्की, सागर कार्की, निरञ्जन ढकाल, भुवन कार्की, नेपाल अपाङ्ग महासङ्घका केन्द्रीय प्रतिनिधि शुलुकमान राई, नेपाल महिला सङ्घ धनकुटा नगर कार्यसमितिकी उपसभापति कृष्णमाया श्रेष्ठ, सहसचिवहरू कमला पाण्डे र शर्मिला बस्नेत, सदस्यहरू झरीला रिजाल, यज्ञकुमार दाहाल, शकुन सुवेदी र अञ्जना तिम्सिना, नेपाल पत्रकार महासङ्घ धनकुटाका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, नेपाल प्रेस युनियन धनकुटाका उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ धनकुटाका सचिव हरिबहादुर लम्जेल लगायत सञ्चारकर्मी तथा कांग्रेसका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। सहभागीहरूले पार्टी कार्यालय परिसरमा सरसफाइ गर्नुका साथै विभिन्न जातका फूल तथा फलफूलका बिरुवा रोपेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्