धनकुटा । तमोर करिडोर सडक खण्ड अन्तर्गत चौबिसे गाउँपालिका–४ फलामेटारमा ट्रक दुर्घटना हुँदा आगलागी भएको छ । ट्रकका चालकको घटनास्थलमै मृत्यु भएको आशंका गरिएको छ । सोमवार राति ८:३० बजे प्र.१–०२–००१ क ५३६३ नम्बरको ट्रक हाइड्रोपावर आयोजनाका सामग्री बोकी विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको अवस्थामा ब्रेक फेल भई सडकमा पल्टिएको थियो ।
दुर्घटनापछि चालक ट्रकमुनि च्यापिएका थिए भने ट्रकमा आगलागी हुँदा सवारीसाधन जलेर नष्ट भएको बताइएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलमा खटिएको छ। चालकको पहिचान तथा दुर्घटनाको थप विवरण खुल्ने क्रममा रहेको छ ।
ब्रेकिङ समाचार


हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्