धनकुटा नगरपालिका–८ टेकुनालाका लालबहादुर राईको मलेसियामा मृत्यु भएको छ। गतसाउन १० गते मलेसियाको जोहोरबारुस्थित Wira Security Services Company मा ड्युटीका क्रममा अचानक बिरामी परेका राईको उपचारकै क्रममा मृत्यु भएको हो । राई सन् २०१७ जुलाई ३१ मा ट्रस नेपाल ओभरसिज प्रालिमार्फत श्रम स्वीकृति लिएर मलेसिया गएका थिए। उनी करिब नौ वर्षदेखि त्यही कम्पनीमा कार्यरत थिए। हाल उनको श्रम स्वीकृतिको म्याद सकिएको देखिएको छ।
मृतकका भाइ आशबहादुर राईले धनकुटा नगरपालिका आप्रवासी स्रोत केन्द्रमार्फत वैदेशिक रोजगार बोर्डको सचिवालयमा शव नेपाल ल्याइदिन निवेदन दिएका छन् । निवेदन प्राप्त भएसँगै शव ल्याउने कानुनी प्रक्रिया अघि बढाइएको धनकुटा नगरपालिका आप्रवासी स्रोत केन्द्रकी सूचना अधिकारी मञ्जु राईले जानकारी दिइन् । मृतकका श्रीमती सङ्गीता राई तथा तीन छोरी– रजनी, पुष्पा र सविना राई छन् । परिवारको आर्थिक अवस्था कमजोर रहेको स्थानीय रुजन राईले बताए ।



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्