images
images
images

धनकुटाको सहिभूमिबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ

images

धनकुटा । प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सहिदभूमि गाउँपालिका वडा नं २ कामीटोलबाट ३१ वर्षीय रविन्द्र राईलाई प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । गतसाउन २६ गते राति करिब १०ः३० बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा उनले बोकेको झोलाबाट Tramadol Hydrochloride Capsules IP Tramol-50 लेखिएको १५ पत्ता (१५० क्याप्सुल) र SPASREST लेखिएको १५ पत्ता (१५० क्याप्सुल) गरी जम्मा ३०० क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट नगद रु. १४ हजार र एउटा मोबाइलसमेत बरामद गरिएको छ । राईलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्