images
images
images

धनकुटा प्रहरीद्वारा १ हजार ५२१ किलो गाँजासहित १ हजार ८९७ ट्याब्लेट लागूऔषध नष्ट

images

धनकुटा । प्रहरीले विभिन्न समयमा बरामद गरेको ठूलो परिमाणको लागूऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहतका प्रहरी कार्यालयबाट विभिन्न मिति र समयमा बरामद गरिएको १ हजार ५ सय २१ किलो गाँजा र विभिन्न किसिमका प्रतिबन्धित लागूऔषध १ हजार ८ सय ९७ ट्याब्लेट अनुसन्धान प्रक्रिया पूरा भएपछि नष्ट गरिएको हो ।

गतसाउन २७ गते बिहान करिब ११ बजे प्रहरीको कमान्डमा खटिएको टोलीले बरामद लागूऔषध धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदीको किनारमा लगेर जलाएर नष्ट गरेको प्रहरीले जनाएको छ ।  बरामद लागूऔषधलाई सम्बन्धित निकाय तथा कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्