images
images
images

पाख्रीबासबाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

images

धनकुटा । पाख्रीबासबाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पाख्रीबास नगरपालिका–४ पाख्रीबास बजारबाट स्थानीय २५ वर्षीय निरज भट्टराई र १८ वर्षीय आसन वरुवाललाई लागूऔषधसहित नियन्त्रणमा लिइएको हो ।

गतसाउन ३० गते राति करिब ९ः५० बजे इलाका प्रहरी कार्यालय पाख्रीबासबाट प्रहरी नायब निरीक्षक एकबहादुर बस्नेतको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूमाथि शंका लागी चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उनीहरूको साथबाट ट्रामाडोल १३ पत्ता (१३० क्याप्सुल) र SPASPAIN १३ पत्ता (१३० क्याप्सुल) गरी जम्मा २६० क्याप्सुल लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

images
images

लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्