images
images
images

भेडेटारको चारखोले गोलाइमा यात्रुवाहक बस दुर्घटना, तीन जना घाइते

images

धनकुटा । धरान-धनकुटा कोशी राजमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाईमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । शनिवार विहान करिब ११ः१५ बजे धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत चारखोले गोलाईमा अनियन्त्रित भई सडक छेउमा दुर्घटना भएको हो ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भेडेटार, धनकुटाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनामा तेह्रथुमको छथर गाउँपालिका–४ का ६९ वर्षीय कविराज थापा, सोही स्थानकी ५६ वर्षीया शुकमाया लिम्बु र छथर गाउँपालिका–१ की ११ वर्षीया नुमा लिम्बु घाइते भएका छन् । घाइते तीनै जनाको शरीरमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। दुर्घटनामा परेको बस घटनास्थलमै रहेको र दुर्घटनाका कारण कोशी लोकमार्गमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्