images
images
images

प्रतिबन्धित लागूऔषधसहित धनकुटा बालमन्दिरका दुई युवा पक्राउ

images

धनकुटा । धनकुटा नगरपालिका वडा नं ५ बालमन्दिरका दुई जना यूवा  प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटा नगरपालिका–९ मुलघाटस्थित कोशी राजमार्गबाट लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिइएको हो ।

शनिवार दिउँसो ४ः३० बजे प्रहरी चौकी मुलघाटबाट खटिएको चेकिङ टोलीले धरानबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश नं. १–०२–०४४ प ३५८ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा मोटरसाइकलको पछाडि सवार धनकुटा नगरपालिका–५ बालमन्दिरका २० वर्षीय विजय राईले बोकेको निलो रङको झोलाबाट Tramadol Hydrochloride Capsules IP Tramol-50 लेखिएको २२ पत्ता (२२० क्याप्सुल), Dicyclomine Hydrochloride Tablets IP Dcyclo-20 लेखिएको २० पत्ता (२०० क्याप्सुल) र SPASPAIN लेखिएको २ पत्ता (१९ क्याप्सुल) बरामद भएको प्रहरीले जनाएको छ।

images
images

बरामद लागूऔषधको कुल संख्या ४३९ क्याप्सुल रहेको छ। प्रहरीले लागूऔषधसँगै मोटरसाइकल चालक धनकुटा नगरपालिका–५ बालमन्दिरका २४ वर्षीय मनकुमार राई र पछाडि सवार विजय राईलाई नियन्त्रणमा लिएको हो । दुवै जनालाई मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्