images
images
images

सुरक्षा निकायको संयुक्त टोलीद्वारा महालक्ष्मीको गौथली भिरमा अड्किएको शव उद्धार

images

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ स्थित गौथली भिरमा दुई दिनदेखि अड्किएको शव सुरक्षा निकायको संयुक्त टोलीले उद्धार गरेको छ । महालक्ष्मी नगरपालिका–२ हिलेखर्कका ३५ वर्षीय ओमबहादुर राना पैदल यात्रा गर्ने क्रममा भिरबाट लडेर गौथली भिरमा अड्किएको जनाइएको छ । स्थानीयले भिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शव निकाल्ने प्रयास गरेको थियो । जटिल भौगोलिक अवस्थाका कारण प्रारम्भिक प्रयास सफल हुन नसकेपछि सल्लेरीस्थित भीमदल गणबाट नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको थियो।

images
images

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा सोमबार भिरमा अड्किएको रानाको शव सफलतापूर्वक उद्धार गरिएको हो । जटिल भूगोल र जोखिमपूर्ण स्थानमा रहेको शव निकाल्न सुरक्षा निकायबीचको समन्वयमा उद्धार कार्य गरिएको जनाइएको छ। शव उद्धारपछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित निकायले प्रक्रिया अघि बढाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्

images