images
images
images

सुरक्षा निकायको संयुक्त टोलीद्वारा महालक्ष्मीको गौथली भिरमा अड्किएको शव उद्धार

images

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ स्थित गौथली भिरमा दुई दिनदेखि अड्किएको शव सुरक्षा निकायको संयुक्त टोलीले उद्धार गरेको छ । महालक्ष्मी नगरपालिका–२ हिलेखर्कका ३५ वर्षीय ओमबहादुर राना पैदल यात्रा गर्ने क्रममा भिरबाट लडेर गौथली भिरमा अड्किएको जनाइएको छ । स्थानीयले भिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शव निकाल्ने प्रयास गरेको थियो । जटिल भौगोलिक अवस्थाका कारण प्रारम्भिक प्रयास सफल हुन नसकेपछि सल्लेरीस्थित भीमदल गणबाट नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको थियो।

images
images

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा सोमबार भिरमा अड्किएको रानाको शव सफलतापूर्वक उद्धार गरिएको हो । जटिल भूगोल र जोखिमपूर्ण स्थानमा रहेको शव निकाल्न सुरक्षा निकायबीचको समन्वयमा उद्धार कार्य गरिएको जनाइएको छ। शव उद्धारपछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित निकायले प्रक्रिया अघि बढाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्