images
images
images

सुकेधारा चोकमा ३ अर्बको लगानीमा ‘मर्क्योर’ होटल सञ्चालनमा

images

काठमाडाैँ। लामो समयको प्रतिक्षापछि काठमाडौंको सुकेधारा चोकमा करिब तीनअर्बको लगानीमा पाँचतारे ‘मर्क्योर’ होटल अबको केही हप्तामै सञ्चालमा आउने तयारी छ ।‘द मेट्रोपोलिटन होटल प्रा.लि।’ हो । जसको व्यवस्थापन विश्वस्तरीय चेन होटल ब्राण्ड ‘ मर्क्योर’ले सम्हाल्ने छ ।

देशबन्धु बस्नेत (अजित)ले होटल आफ्नो निजी लगानी गरेका हुन् । सञ्चालनमा आउन लागेको ‘होटल ‘मर्क्योर’ ५ रोपनी क्षेत्रफलमा फैलिएको छ । ११ तले भव्य भवनमा निर्माण भएको सो होटलमा १०४ वटा विलासी कोठा छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्यसमेत रहेका बस्नेतले सो होटलमा हालसम्म ३ अर्ब बढी लगानी भइसकेको  जनाएका छन् ।

images
images

एसिया, युरोप, अफ्रिका र मध्यपूर्वका ५ हजार ४ सय बढी होटलको व्यवस्थापन सम्हालिरहेको ‘मक्र्योर’ ब्राण्ड पहिलोपटक नेपाल भित्रिएको हो । होटलमा नेपाली, इण्डियन, चाइनिज रेस्टुराँसँगै स्वीमिङ पुल, सयौंको संख्यालाई एकैसाथ सेवा दिन सकिने बैंक्विट हल, आधुनिक जीम, वेलनेश सेन्टर लगायतका सुविधा उपलब्ध छन् ।

होटलको ११औँ तलामा स्वीमिङ पुल छ । जहाँबाट काठमाडौँ उपत्यकासहित मौसम खुलेका बेला वरीपरीका हिमालहरुसमेत हेर्दै स्वीमिङको मज्जा लिन सकिन्छ । होटलमा दिनभर सेवा दिने रेस्टुरेन्ट, स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादहरूको संयोजनसहितको भोजन, भारतीय परिकारहरू उपलब्ध हुने विशेष रेस्टुरेन्ट समेत उपलब्ध छन् । प्रत्यक्ष भान्सासहितको बाहिरी इटालियन रेस्टुरेन्टसमेत होटलमा छ ।

‘मर्क्योर’ ब्राण्ड पहिलोपटक नेपालमा प्रवेश गरेको हो, र यो होटल नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने एक महत्वपूर्ण माध्यम बन्ने विश्वास गरिएको छ। यस ब्राण्डले संसारभरका ५,४०० भन्दा बढी होटलहरूको व्यवस्थापन गर्दै आएको छ। नेपालमा यसको आगमनले देशको पर्यटन उद्योगमा नयाँ उचाइहरू ल्याउने अपेक्षा गरिएको छ।

यस होटलको उद्घाटनसँगै, काठमाडौँका पर्यटन र आतिथ्य क्षेत्रलाई नयाँ र उच्चतम स्तरको प्रवद्र्धन गर्ने दिशामा ठूलो कदम चालिएको छ। बस्नेतले यो होटल मार्फत नेपालको सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई विश्वभर प्रस्तुत गर्ने उद्देश्य राखेका छन्, र यसले नेपालको पर्यटनलाई एक नयाँ मञ्चमा पुर्याउने विश्वास लिएका छन्।

images
images

प्रतिक्रिया दिनुहोस्