images
images
images

धनकुटामा १० बजेसम्म २८ प्रतिशत मत खस्यो

images

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा बिहान १० बजेसम्म २८ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाका सूचना अधिकारी इन्द्रकुमार योङहाङका अनुसार जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। उनका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा १० बजेसम्म २८ प्रतिशत मत खसेको हो ।

जिल्लामा कुल १ लाख १८ हजार ४२५ मतदाता रहेका छन्। जसमध्ये ३३ हजार २ सय मत खसेको हो ।  निर्वाचन आयोगले साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ। यसपटक धनकुटामा ७० प्रतिशतभन्दा बढी मत खस्ने प्रक्षेपण गरिएको छ।  जिल्लाभरिका मतदान केन्द्रबाट सूचना अधिकारीमार्फत मतदानको विवरण संकलन भइरहेको उनले बताए। बिहानैदेखि मतदाताहरू मतदान केन्द्रमा लामबद्ध देखिएका छन् ।

images
images

प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूले पनि आ–आफ्ना मतदान केन्द्रबाट मतदान गरेका छन् । नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले पाख्रिवास नगरपालिका–७ स्थित सरस्वती प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले धनकुटा नगरपालिका–६ स्थित आँखा अस्पताल मतदान केन्द्रबाट आफ्नो मत खसालेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्