काठमाडौँ । सर्लाहीको लालबन्दीमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । आइतबार साँझ लालबन्दी नगरपालिका–१५ कालिन्जोर खोलाको काँसघारीमा गाँजा लुकाई छिपाई ओसार पसार गर्न राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले १ सय १० केजीको गाँजा बरामद गरेको हो।
लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास र प्रहरी निरीक्षक सुजन पाठकको कमाण्डमा अस्थायी प्रहरी पोष्ट परवानिपुर समेतको संयुक्त प्रहरी टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको जनाएको छ ।
काँसघारीमा रातो रंगको प्लाष्टिकले बेरेर प्लाष्टिकको डोरीले नै बाँधी राखेको अबस्थामा २२(बाईस) वटा पोकाहरू फेला परेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए।
उक्त गाँजा कसले राखेको हो भन्ने विषयमा अनुसन्धान चलिरहेको पाठकले जानकारी दिए।



हुलाकी पाटी 







हुलाकी पाटी 





प्रतिक्रिया दिनुहोस्