सैलेन्द्र तामाङ
चाैबिसे (धनकुटा) । चाैबिसे गाउँपालिकाको सुख्खाग्रस्त क्षेत्र वडा नं. ३ कुरुलेतेनुपा गाउँलाई स्याउ उत्पादनको पकेट क्षेत्र बनाउन किसानहरुलाई विरुवा वितरण सुरु गरिएको छ ।
३५ घरधुरीका किसानहरुलाई समुद्री सतहबाट ११ सय मिटरको उचाईमा खेती हुने करिव ८ सय स्याउको विरुवा वितरण गर्ने लक्ष्य सहित सुरु गरिएको हो । ३ नं वडाका वडाध्यक्ष मदन तुम्सा र सदस्य राजेश याखाले विरुवा वितरण कार्यको सुरुवात गरेका थिए ।
चाैविसे गाउँपालिकाको ७५ प्रतिशत अनुदान र गाउँबासीको २५ प्रतिशत साझेदारीमा दुई लाख रुपैया वरावरको स्याउका विरुवा वितरणा गर्न लागिएको वडाअध्यक्ष तुम्साले बताए । विरुवा वितरणसँगै वडाध्यक्ष तुम्साले विरुवा लगेर राम्ररी स्याहार गरि बिरुवा हुर्काउन स्थानीयलाई अनुरोध गरे ।
स्थानीयस्तरमा रोजगारिको अवसर सिर्जना गरि आर्थिक रुपमा सम्पन्न बनाउनको लागि यो कार्यक्रम को आयोजना गरेको वडा सदस्य राजेश याखाले जानकारी दिए ।
किसानलाई वितरण गरिएको स्याउको विरुवा बन्दुके गाउँमा सञ्चालित तमोर पर्मकल्चर सिकाई थलोबाट खरिद गरिएको हो । विरुवा रोप्ने तरिका र हुर्काउने विधिको विषयमा सिकाई थलोका प्रमुख भोज कुमार काफ्लेले स्थानीयहरुलाई सिकाएका थिए ।
विरुवा वितरण फलदायी र उद्देश्यमूलक रहेकाले अब पुर्ण रुपमा स्याउ खेती गरि आर्थिक उपार्जन गर्न लाग्ने स्थानीय बवि याखा र सुक माया तामाङले बताए ।
सुख्खाग्रस्त यस क्षेत्रको वसाइसराइ र जीविकाेपार्जनमा सहयोग गर्ने उद्देश्यले केहि वर्ष अघिबाट बन्दुके गाउँमा वर्खाको पानी प्लाष्टिक पोखरीमा संकलन गरि स्थानीयसँगको समन्वयमा भारतीयमूलका अमेरिकन नागरिक राजीव गोयलले पर्माकल्चर सिकाई थलो चलाउँदै आएका छन् ।
कुनै बेला मरुभूमी जस्तै रहेको सुख्खा बन्दुके गाउँमा लटरम्म स्याउ फलाएर देखाएको यस सिकाई थलोको प्रभावबाट अहिले त्यस क्षेत्रका स्थानीयहरु स्याउ खेतिमा आकर्षित भएका छन् । (प्रशिक्षार्थी पत्रकार)





हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्