धनकुटा । सुनसरीको ब्वाइज यूनियन क्लवलाई १-० अन्तरले पराजित गर्दै उदयपुरको गाईघाट फुटवल क्लव धनकुटामा जारी १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न खेलमा गाईघाटको जितमा एक मात्र निर्णायक गोल फोफानाले पहिलो हाफको १८ औं मिनेटमा गरेका थिए । दुवै टिमले गोलको केही अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् । खेलको म्यान अफ द म्याच उदयपुरका गोल रक्षक अनिल मगर घोषित हुँदै नगद ५ हजार ५ रुपैया प्राप्त गरे ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनमा भइरहेको प्रतियोगितामा मंगलवार साबिक विजेता बिर्ता युनाईटेड क्लब झापा र चित्लाङ फुटबल क्लब काठमाडौं वीच प्रतिस्पर्धा हुने प्रतियोगिताको संयोजक शम्भु प्रधानले बताए ।
२०५५ सालमा सुरु भएको यो प्रतियोगिताको यो १७ औ संस्करण हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । उनकैको सम्झनामा हरेक वर्ष प्रतियोगिता संचालन हुँदै आइरहेको छ ।





हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्