धनकुटा l साँगुरीगढी गाउँपालिका–५, डाँडाबजारमा एक दिने सरसफाई सचेतना कार्यक्रम सम्पन्न भएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाको आयोजना र विश्रान्ति मिडिया एण्ड रिसर्च सेन्टर धनकुटाको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो । भानु माध्यमिक विद्यालयको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब ४५ जना सहभागी भएका थिए। सहभागीहरूमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी, उपभोक्ता, जनप्रतिनिधि, विद्यार्थी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम डाँडाबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चन्द्रकुमार याखाको अध्यक्षतामा र वडा सदस्य प्रतिक्षा वि.कको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । स्वागत मन्तव्य डाँडाबजार सामुदायिक खानेपानी उपभोक्ता समितिका अध्यक्ष राम मगरले राखेका थिए।
कार्यक्रममा पर्डेप नेपालका महासचिव तथा सहजकर्ता मीनप्रसाद सुवेदीले पूर्ण सरसफाईसम्बन्धी सूचना, रणनीति, लक्ष्य र पानीसम्बन्धी महत्वपूर्ण तथ्यहरू श्रव्यदृश्य माध्यममार्फत प्रस्तुत गर्दै सहजीकरण गरेका थिए। सहजीकरणपछि सहभागीहरूले सरसफाईसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए, जसको उनले स्पष्ट रूपमा उत्तर दिएका थिए ।
त्यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाको फोकल पर्सन भावना श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि प्रतिक्षा वि.कले खानेपानीको माध्यमबाट व्यक्तिगत र घरायसी सरसफाई कसरी गर्न सकिन्छ भन्ने ज्ञान कार्यक्रमबाट प्राप्त भएको बताउँदै, आगामी दिनमा घरआँगनको फोहोरमैला व्यवस्थापनमा वडा कार्यालयको तर्फबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रमको सञ्चालन विश्रान्ति मिडिया एण्ड रिसर्च सेन्टरका प्रवन्धक हरिबहादुर लम्जेलले गरेका थिए ।




हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्