images
images
images

डाँडागाउँमा सरसफाई सचेतना कार्यक्रम सम्पन्न

images

धनकुटा l महालक्ष्मी नगरपालिका वडा नं–३ डाँडागाउँमा सरसफाई सम्बन्धि एकदिने सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।  खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाको आयोजना र विश्रान्ति मिडिया एण्ड रिसर्च सेन्टर धनकुटाको सहजीकरणमा सरसफाइ सम्बन्धि एक दिने सचेतना कार्यक्रमको आयोजना गरिएको हो । वडा कार्यालयको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब ४३ जना सहभागी भएका थिए । सहभागीहरूमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी, उपभोक्ता, जनप्रतिनिधि, विद्यार्थी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

महालक्ष्मी नगरपालिकाका वडा नं ३ का ज्येष्ठ वडा सदस्य बुद्धिमान काेङरेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वडा सचिव खड्गबहादुर कार्कीले राखेका थिए ।

images
images

सहजकर्ता गोकुल लुईंटेलले पूर्ण सरसफाईसम्बन्धी सूचना, रणनीति, लक्ष्य र पानीसम्बन्धी महत्वपूर्ण तथ्यहरू श्रव्यदृश्य माध्यममार्फत प्रस्तुत गर्दै सहजीकरण गरेका थिए। सहजीकरणपछि सहभागीहरूले सरसफाईसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए, जसको उनले स्पष्ट रूपमा उत्तर दिएका थिए ।

महालक्ष्मी नगरपालिकाका वडा नं ३ का ज्येष्ठ वडा सदस्य बुद्धिमान काेङरेनले खानेपानीको माध्यमबाट व्यक्तिगत र घरायसी सरसफाई कसरी गर्न सकिन्छ भन्ने ज्ञान कार्यक्रमबाट प्राप्त भएको बताउँदै, आगामी दिनमा घरआँगनको फोहोरमैला व्यवस्थापनमा वडा कार्यालयको तर्फबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सञ्चालन वडा कार्यालयका कृषि प्राविधिक शेखर चापागाईंले र कार्यक्रमको उद्देश्य माथि प्रकाश विश्रान्ति मिडिया एण्ड रिसर्च सेन्टरका प्रवन्धक हरिबहादुर लम्जेलले गरेका थिए । कार्यक्रममा  खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाको फोकन पर्सन भावना श्रेष्ठको उपस्थिति रहेको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्