images
images
images

लागुऔषध ब्राउनसुगरसहित दुई जना नियन्त्रणमा

images

धनकुटा । चौबिसे गाउँपालिका–६, राजारानी चोकमा प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । शनिबार राति ९:३० बजे इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको चेकिङ टोलीले धरानबाट राजारानीतर्फ जाँदै गरेको को ३९ प ३०३ नम्बरको पल्सर मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद गरेको हो ।

मोटरसाइकल चालक धनकुटा, चौबीसे–७ मौनाबुधुकका ३० वर्षीय भुपेन लिम्बू र पछाडि सवार चौबीसे–६ राजारानीका २५ वर्षीय हेमबहादुर विकको शरीर खानतलासी गर्दा विकको साथबाट सेतो प्लास्टिकको पोका भित्र राखिएको ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

images
images

प्रहरीका अनुसार उक्त पदार्थ स–साना १० पोका गरी करिब ३५० मिलिग्राम तौलको रहेको छ। बरामद लागुऔषधसहित मोटरसाइकल चालक र सवारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, राजारानीले जानकारी दिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्