images
images
images

लागू औषध गाँजा सहित दुई बालक नियन्त्रणमा

images

धनकुटा । चौबिसे गाउँपालिका वडा नं ६ स्थित राजारानी चौकमा लागू औषध गाँजासहित दुई जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार बिहान करिब १०:३० बजे इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको पिकेट टोलीले राजारानी तालबाट राजारानी बजारतर्फ पैदल आउँदै गरेका चौबिसे–६ बसोबास गर्ने दुई बालकलाई २ केजी लागू औषध गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्नका लागि जिल्ला अदालत धनकुटाबाट पाँच दिनको म्याद थपको अनुमति लिइएको प्रहरीले जनाएको छ । हाल घटनासम्बन्धी अनुसन्धान जारी रहेको छ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्