धनकुटा। धनकुटा नगरपालिका–३ सिप्तिग निवासी समाजसेवी सिता खनालको असामयिक निधनमा नेपाली कांग्रेस धनकुटाले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । ६२ वर्षको उमेरमा गत साउन २७ गते निधन भएकी खनालको १०औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस धनकुटा जिल्ला समिति, प्रदेश क्षेत्रीय कार्य समिति र नगर कार्य समितिको तर्फबाट स्व. खनालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई समवेदना व्यक्त गरिएको हो ।
स्व. सिता खनाल धनकुटा–३ निवासी दामोदर खनालकी धर्मपत्नी, नेपाली कांग्रेस धनकुटा सदस्य मुना खनालकी सासु आमा तथा विजय खनालकी आमा हुनुहुन्थ्यो । उहाँ समाजसेवामा सक्रिय रहनु भएको भन्दै वक्ताहरूले स्व. खनालको असामयिक निधनले स्थानीय समाज तथा समुदायलाई अपूरणीय क्षति पुगेको बताए ।
श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य गोविन्द्र वाग्ले, मिनबहादुर कार्की, प्रदेश सभा क्षेत्रीय सदस्य शान्तिराम मिश्र, नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका उपसभापति गंगादेव खुक्छा, नगर कार्य समिति सदस्य गरुण गुरागाईलगायत नेताहरूले स्व. खनालप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरे ।
कार्यक्रममा कांग्रेस नेताहरूले श्रद्धाञ्जलीसहित समवेदना पत्र पनि परिवारजनलाई हस्तान्तरण गरेका थिए ।



हुलाकी पाटी 















प्रतिक्रिया दिनुहोस्