images
images
images

धनकुटामा लोबेट ट्रक दुर्घटना, चालक गम्भीर घाइते

images

धनकुटा । धनकुटा महालक्ष्मी नगरपालिका–४ दमारस्थित लेगुवा–खाँदबारी सडक खण्डमा शुक्रबार लोबेट ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । विराटनगरबाट संखुवासभा तर्फ अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण सामग्री लिएर जाँदै गरेको प्रदेश–१–०२–००१ख ९८११ नम्बरको ट्रक अपराह्न करिब २:५० बजे अनियन्त्रित भई सडक किनारमा पल्टिँदा चालक साँगुरीगढी गाउँपालिका–५ का ३६ वर्षीय शम्भु परियार ट्रकले च्यापिएका थिए ।

प्रहरी चौकी लेगुवाबाट प्रहरी निरीक्षक द्रोणा कुमार खत्रीको नेतृत्वमा पुगेको टोलीले उद्धार गरी गम्भीर घाइते परियारलाई उपचारका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । सोही दुर्घटनामा सहचालक महालक्ष्मी नगरपालिका–१ का २३ वर्षीय बिशाल राई खुट्टामा सामान्य घाइते भई स्थानीय मेडिकलमा उपचाररत छन् । दुर्घटनापछि बाटो एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्

images
Hulaki Pati
images
SKIP THIS