धनकुटा । धनकुटा जिल्लाको पाख्रिवासस्थित प्राकृति स्रोत व्यवस्थापन कलेजमा सम्पन्न नेपाल विद्यार्थी संघको चौथो क्याम्पस अधिवेशनबाट रञ्जन कुमार मेहताको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।
नव–निर्वाचित समितिमा अध्यक्ष मेहतासहित वरिष्ठ उपाध्यक्ष बिनिता ढकाल, उपाध्यक्ष सुमेश कुमार यादव, विपना कटुवाल, पवन घिमिरे र विमला पोखरेल, सचिव उपास न्यौपाने, सहसचिव संजय यादव र सुजन थापा, कोषाध्यक्ष उत्तम देव चयन हुनुभएको छ । सदस्यमा स्नेतहा दास, रोमन राई, साधना पौडेल, गरिमा सुब्बा, सुरज रजक, अंकित मण्डल, प्रतिमा यादव, कृतिका पल, स्वास्तिका पन्त, अमरलता मण्डल र दर्पण भट्टराई निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा नेविसंघका पूर्व नेता विजय सन्तोषी राईले विद्यार्थीलाई परिवर्तन र सिर्जनाका संवाहकको रूपमा प्रस्तुत गर्दै, नेविसंघलाई नेपालको सबैभन्दा ठूलो, लोकप्रिय र प्रभावशाली विद्यार्थी संगठनका रूपमा व्याख्या गरे । उनले संगठनको ऐतिहासिक भूमिका र योगदानलाई स्मरण गर्दै विद्यार्थीहरू देशभित्रै रहँदै राष्ट्र निर्माणमा जुट्नुपर्नेमा जोड दिए ।
त्यसैगरी नेपाली कांग्रेस धनकुटाका अर्का जिल्ला सचिव जयन्द्र घिसिङले विद्यार्थीहरूलाई एकजुट भएर लोकतन्त्र र राष्ट्रिय विकासमा योगदान दिन आह्वान गरे । पाख्रिवास नगरपालिकाका मेयर तथा कांग्रेस जिल्ला सदस्य ज्ञानबहादुर गुरुङले विदेश पलायन बढिरहेको वर्तमान अवस्थामा विद्यार्थीहरूले आफ्ना सीप र ज्ञानलाई स्वदेशमै प्रयोग गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेस पाख्रिवास नगर सभापति प्रेम भण्डारीले भने क्याम्पसमा नेविसंघको संगठन विस्तार र सुदृढीकरणका लागि कांग्रेसले सधैँ सहयोग गर्ने प्रतिवद्धता जनाए ।
अधिवेशनको अध्यक्षता तत्कालीन नेविसंघ कलेज सभापति सुरज आर्चायले गरेका थिए । कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका नेविसंघ सभापति सुवास खनाल, विद्यार्थी नेता अवधेश मण्डल, कौशल कोईरालालगायतले शुभकामना व्यक्त गर्दै, नेविसंघ मात्र नेपाली विद्यार्थीको अधिकार र हितको वास्तविक संगठन भएको दाबी गरे ।
कार्यक्रममा नेविसंघका पूर्वनेता, विद्यार्थी नेताहरू र कांग्रेसका स्थानीय नेताहरूको सहभागिता रहेको थियो । आजै निवर्तमान अध्यक्ष आर्चायले नयाँ अध्यक्ष मेहतालाई पद हस्तान्तरण गरेका थिए ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्