images
images
images

धनकुटा कांग्रेसद्वारा चौविसेको बुधवारे र राजारानीमा श्रद्धाञ्जली कार्यक्रम

images

धनकुटा । नेपाली कांग्रेस धनकुटाले चौविसे गाउँपालिकाको बुधवारे र राजारानीमा छुट्टाछुट्टै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । चौविसे गाउँपालिका–१ का वडा सभापति आनन्द श्रेष्ठकी आमा तथा कांग्रेसकी अभिभावक हरिमाया श्रेष्ठ, वडा नं. ६ का वडा सभापति रत्नबहादुर राईका पिता तथा समाजसेवी चन्द्रबहादुर राई र सोही वडाका नेपाल किसान महासंघका वडा सभापति गोविन्द्र राईकी आमा सुकमाया गेसा याम्फु राईको हालै निधन भएपछि श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य मोहन वान्तवा, साँगुरीगढी गाउँपालिका कांग्रेस सभापति नेपालधन राई, नेपाल शिक्षक संघ धनकुटाका सचिव रोहिणी पाण्डे, नेपाल प्रेस युनियन धनकुटाका उपाध्यक्ष हरिबहादुर लम्जेल, नेपाली कांग्रेस चौविसे गाउँपालिका वडा नं. १ का सभापति आनन्द श्रेष्ठ, वडा नं. ६ का सभापति रत्न राई, पूर्वसभापति नगेन्द्र राई, सदस्यहरु पदम राई, हर्कमाया राई, साँगुरीगढी वडा नं. १ का सभापति भुपेन राई, नेपाल शिक्षक संघ चौविसेका प्रेम खड्का, हरेन्द्र आचार्य सहित स्थानीय नेताहरूको सहभागिता थियो । उनीहरूले स्व. अभिभावकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई समवेदना प्रकट गरेका थिए ।

images
images

७९ वर्षको उमेरमा निधन भएकी हरिमाया श्रेष्ठका छोरामध्ये एक जना वडा सभापति आनन्द श्रेष्ठ हुन् । यस्तै, चन्द्रबहादुर राईका छोरामध्ये एक जना वडा सभापति रत्न राई र ८७ वर्षमा निधन भएकी सुकमाया गेसा याम्फु राईका छोरामध्ये एक जना नेपाल किसान महासंघका वडा सभापति गोविन्द्र चंका राई हुन् ।

तीनै जना कांग्रेस अभिभावकको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जिल्ला सचिव विजय सन्तोषी राईले बताएका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्