धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाले २६औं स्थापना दिवसको अवसरमा आज धनकुटामा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघ धनकुटा सभाहलमा भएको कार्यक्रममा सहभागिहरुले कोशी प्रदेश सरकारले ल्याउन लागेको आम संचार विधेयकमा रहेको प्रेस स्वतन्त्रता विरोधी प्रावधान तत्काल हटाउन माग गरे । उनीहरुले विधेयकमा भाषा सम्बन्धी प्रावधानमार्फत प्रदेश सरकारले पक्षपात गरेको आरोपसमेत लगाए ।
कार्यक्रममा फोटो पत्रकार महासंघ धनकुटाका अध्यक्ष कविराज घिमिरे, प्रेस चैतारी धनकुटाका अध्यक्ष नारायण कुमार राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, फोनिज प्रदेश कार्यसमिति सदस्य ब्रह्मलाल हजारी, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य सरिता बराइली, पत्रकार महासंघ धनकुटाका निवर्तमान अध्यक्ष नगेन्द्र राई, पूर्वअध्यक्ष तथा मानार्थ सदस्य विजय सन्तोषी राई, संस्थापक अध्यक्ष तथा पूर्वकेन्द्रिय उपाध्यक्ष संजय सन्तोषी राई, फोनिज प्रदेशका निवर्तमान अध्यक्ष सन्तवीर लामालगायतले शुभकामना दिँदै प्रेस स्वतन्त्रता विरोधी प्रावधानमाथि आपत्ति जनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशसभा सदस्य निरेन राईले संचार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाए ।
फोनिज धनकुटाको आयोजनामा र तामाङ पत्रकार संघ धनकुटाको संयोजनमा भएको कार्यक्रम फोनिज धनकुटाकी अध्यक्ष मानवी मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन फोनिज जिल्ला सचिव डेविट मगरले गरेका थिए ।



हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्