धनकुटा । धनकुटा नगरपालिका ६ नं वडा कार्यालयले टोल–टोलमै पुगेर ज्येष्ठ नागरिक परिचयपत्र नविकरण सुरु गरेको छ । विशेष गरी वडामा रहेका असक्त तथा हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गर्दै वडा कार्यालयले टोल–टोलमै पुगेर परिचयपत्र नविकरण सुरु गरेको हो ।
वडा सचिव कुमार खड्काका अनुसार कार्यालयमा आउन सक्नेले वडा कार्यालयमै नविकरण गरिरहेका छन् भने आउन नसक्नेका लागि जनप्रतिनिधि र कर्मचारी टोल–टोलमै पुगिरहेका छन् ।
नगरपालिकाको वडा नं. ६ मा २२ वटा टोल वस्ती रहेका छन् । ती मध्ये असक्त तथा हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक भएका टोलमा पुगेर आगामी केही दिनभित्र नविकरण कार्य सञ्चालन गरिने वडाध्यक्ष मिलन खड्कीले जानकारी दिए । उनका अनुसार असक्त तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिँदै नविकरण कार्य सहज बनाइएको हो ।
धनकुटा नगरपालिका–६ मा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही ३५५ जना रहेका छन् । तीमध्ये करिब २०० जना ज्येष्ठ नागरिक मात्रै रहेका छन् । सरकारले सामाजिक सुरक्षा भत्ता नविकरणको म्याद भदौ ३१ गतेसम्म निर्धारण गरेको छ ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्