images
images
images

भेडेटारमा खाद्य स्वच्छताको आधारमा होटेल–रेस्टुरेन्ट स्तरीकरण तथा लोगो टाँस कार्यक्रम सुरु

images

धनकुटा ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको सहयोगमा साँगुरीगढी गाउँपालिका–६ भेडेटार र नाम्जे क्षेत्रमा सञ्चालनमा रहेका होटेल–रेस्टुरेन्टको स्तरीकरण गरी लोगो टाँस कार्यक्रम सुरु गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधि र प्रशासन कार्यालयको प्रतिनिधि तथा सरोकारवाला निकायहरुको उपस्थितिमा   कार्यालयले खाद्य स्वच्छताको आधारमा होटेल–रेस्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७४ अनुसार भेडेटारमा संचालित होटेल–रेस्टुरेन्टको निरीक्षण तथा वर्गीकरण सुरु गरेको हो ।

images
images

पहिलो दिन १५ वटा होटलको अनुगमन गरि स्तरीकरण गरी लोगो टाँस गरिएको छ । बाँकी होटलहरुको अनुगमन गरि स्तरीकरण लोगो विहिवार टाँस गरिने बताइएको छ ।  निर्देशिका अनुसार ९० भन्दा बढी अंक ल्याउनेलाई ३ तारा (क) सहित “अति उत्तम” हरियो स्टिकर, ८०–८९ अंक ल्याउनेलाई २ तारा (ख) सहित “उत्तम” हरियो स्टिकर, ६५–७९ अंक ल्याउनेलाई १ तारा (ग) सहित “सन्तोषजनक” हरियो स्टिकर र ५०–६४ अंक ल्याउनेलाई “सामान्य” स्तरको पहेँलो स्टिकर प्रदान गरिन्छ ।

लोगो टाँस कार्यक्रमको शुभारम्भ सागुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राईले होटल लालीबसाहा रिसोर्ट प्रालिमा “अतिउत्तम” स्तरको हरियो स्टिकर टाँस गरेर गरेकी थिइन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय विराटनगर प्रमुख पुष्पलाल  राई, धनकुटाका खाद्य निरीक्षक सुशिल कोइराला, साँगुरीगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, वडा अध्यक्ष यम प्रकाश मगर, होटेल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बु, सचिव रमेश श्रेष्ठ, सुरक्षा निकाय लगायत सरोकारवाला उपस्थित रहेको थियो ।

कार्यालयले यसअघि सोही विषयमा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको थियो । स्तरीकरण कार्यक्रमले उपभोक्ताले सुरक्षित खाद्य पदार्थ प्राप्त गर्ने सुनिश्चितता गर्ने र होटेल व्यवसायीलाई खाद्य स्वच्छताको प्रमाण प्रस्तुत गर्ने अवसर दिलाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय विराटनगरका खाद्य निरिक्षक पुष्पलाल राईले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्