images
images
images

जेन-जीको धनकुटामा शान्तिपूर्ण प्रदर्शन

images

धनकुटा । जेन-जीले धनकुटामा आज शान्तिपूर्ण प्रदर्शन गरेका छन् । हालको सामाजिक, राजनीतिक तथा सांस्कृतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनीहरूले प्रदर्शन गरेका हुन् ।

र्याली धनकुटा सदरमुकामस्थित चुवाको वोट चोकमा भेला भएर मदन चोक, वसपार्क पुगेर पून: मदनचोक भीमनारायण चोक, तल्लो तथा माथिल्लो कोप्चे हुँदै चुवाको वोट चोकमा पुगेर विसर्जन भएको थियो ।

images
images

प्रदर्शनीको क्रममा युवायुवतीले प्लेकार्ड र ब्यानरसहित भ्रष्टाचार विरुद्ध नाराजुलस लगाएका थिए । जेन-जीको प्रदर्शनलाई आम नागरिकले उत्सुकतापूर्वक हेरेका थिए ।  प्रदर्शन गर्दै समावेशी नीति, रोजगारी, शिक्षा तथा समृद्ध भविष्यको माग गरेका थिए । आयोजकहरूले प्रदर्शनलाई पूर्ण शान्तिपूर्ण बनाएका थिए भने सुरक्षा निकायको उपस्थिति पनि देखिएको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्