images
images
images

धनकुटाको सहिदभूमिमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु एक घाइते

images

धनकुटा । सहिदभूमि गाउँपालिका–३ पन्चकन्या स्थित भित्री सडकखण्डमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सेतीचोकबाट पन्चकन्या तर्फ आउँदै गरेको को २ त ८६९९ नम्बरको ट्याक्टर बिहान करिब ११:४५ बजे अनियन्त्रित भई करिब ८० मिटर तल खस्दा सह–चालक सहिदभूमि–२ बस्ने १८ वर्षीय खगेन्द्र परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

images
images

दुर्घटनामा चालक सहिदभूमि–२ का २३ वर्षीय सचिन शिवा घाइते भएका छन् । उनको टाउकोमा चोट लागेकाले उपचारका लागि धनकुटा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्