images
images
images

धनकुटाका चार दलको संयुक्त अपिल-आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली, तोडफोडमा संलग्नलाई कारबाहीको माग

images

धनकुटा । धनकुटा जिल्लाका नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) सहितका दलहरूले हालै भएको आन्दोलनपश्चात उत्पन्न परिस्थितिबारे संयुक्त अपिल जारी गरेका छन् । अपिलमा आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको उपचारको माग गरिएको छ। साथै, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनीजस्ता गतिविधि नियन्त्रणमा लिन, दोषी पहिचान गरी कानूनी कारबाही गर्न आग्रह गरिएको छ।

दलहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिएका छन्। अपिलमा संविधानको संरक्षण, स्थायित्व र शान्ति–सुरक्षालाई प्राथमिकता दिन आग्रह गरिएको छ। संयुक्त अपिलमा आन्दोलनले जनजीविकामा ठूलो असर पारेको भन्दै तत्काल समस्या समाधानमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख छ ।

images
images

त्यस्तै अपिलमा जनताको प्रतिनिधिको रुपमा रहेको राजनैतिक पार्टी बद्लिंदो परिवेश, आम जनसमुदायको आशा र अपेक्षा अनुसार आफूलाई सच्याउने प्रक्रिया तत्काल शुरु गर्नुपर्ने ठहर गर्दै सो कुराको गहिरो आत्मसात गर्दै पार्टीहरु पुनर्संरचित हुँदै ब्यापक पुनर्गठनको निम्ती पार्टी सम्वद्ध सबैमा अनुरोध गर्ने भनिएको छ ।

संयुक्त रुपमा जारी गरिएको अपिलमा नेपाली कांग्रेसको तर्फबाट सभापति दिनेश राई, नेकपा एमालेको तर्फबाट जिल्ला सचिव पर्शुराम नेपाल, नेकपा एसको तर्फबाट जिल्ला अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टी धनकुटाको तर्फबाट अध्यक्ष मनकला लिम्बूले हस्ताक्षर गरेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्